थप ४,६३६ जनामा कोरोना संक्रमण, ३५० जना निको भए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १, शनिबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

माघ १, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार १० हजार ४ सय १२ जनाको पिसिआर परीक्षण र ४ हजार १ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार परीक्षण घटे पनि संक्रमणदर भने आज उच्च देखिएको छ । मन्त्रालयका अनुसार यो संक्रमण दर झण्डै ३२ प्रतिशत हो ।

यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ भने ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या २१ हजार ५ सय ८४ पुगेको मन्त्रालयको विवरण छ ।

ताजा अपडेट

खोजी गर्नुहोस