अन्तु भ्याली टी कारखानामा आगलागी: तीनवटा भवन सबै मेसीन औजार नष्ट

माघ २,इलाम । इलामको सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको अन्तु भ्याली टी कारखानामा आगलागी हुँदा कारखाना सहित मेसीन औजार र तयारी चिया सबै जलेर नष्ट भएको छ । इलाम टी प्रोर्डयुस प्रा.लिद्वारा संचालित कारखानामा दिउसो ३ बजे शुरु भएको आगोले चिया कारखानाको तीन वटा भवन सहित सम्पूर्ण मेसीन औजार जलेर नष्ट भएको हो ।

आगलागीबाट कारखानामा रहेको सबै तयारी चिया समेत जलेर नष्ट भएको छ । एक्कासी कारखानामा आगलागी भएपछि स्थानीयले आगो निभाउने प्रयास गरेका थिए । आगो नियन्त्रण बाहिर गएपछि सूर्योदय नगरपालिकाका दुईवटा बारुणयन्त्र, इलाका प्रहरी कार्यालय पशुपतिनगर, सशस्त्र प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्सपेक्टर देउप्रसाद लिम्बुले जानकारी दिए।

आगलागिबाट करोडौको क्षति भएको संचालक किसन गिरीले जानकारी दिए । भएको संरचना सबै जलेर नष्ट भएको छ । आगो पूर्ण रुपमा नियन्त्रणमा आउन अझै केही घण्टा लाग्ने प्रहरीले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्न भने वाँकी रहेको छ । आगलागिको कारण खुल्न सकेको छैन । आगो निभाउन बारुण यन्त्र लाने क्रममा सडक आसपासका केहि संरचना भत्काईएको छ ।

संम्बन्धित समचार

Leave a Reply