टेलिकमको विन्टर अफर–डाटा प्याक सकिए पनि शुल्क बिनै इन्टरनेट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २,काठमाडौँ । नेपाल टेलिकमले माघ ३ गते अर्थात सोमबारदेखि लागू हुने गरी विन्टर अफर ल्याएको छ । कम्पनीले हाल उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकको रुची अनुसार परिमार्जन गरेर विन्टर अफर ल्याएको जनाएको छ।

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ । पहिले कम्पनीले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने ‘सजिलो अनलिमिटेड प्रिपेड ५९९’ प्याक उपलब्ध गराइरहेको थियो । अब कम्पनीले ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’, ‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’ र “सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ ।

यस प्याकअन्तर्गत ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र प्रतिदिन १ जीबीदेखि ४ जीबीसम्म डाटा पाउनेछन् । यो सेवा अन्तरगत डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिनै इन्टरनेट चलाउन सकिने कम्पनीले बताएको छ ।

यस्तै, सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । यस अन्तर्गत २९९ मा अब २८ दिनसम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

यसैगरी, नेपाल टेलिकमको भ्वाइस ओभर एलटीई सेवा प्रयोगकर्ताहरुका लागि उपलब्ध भइरहेको विभिन्न अफर निरन्तर रहने छ । पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशूल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् । साथै फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस