BREAKING: महालक्ष्मी विकास बैंकको साधारणसभा फेरि स्थगित ! अध्यक्ष उपाध्यायलाई झट्का

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ ३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २, काठमाडौ । उच्च अदालतले पाटनले भोलि माघ ३ गते हुन लागेको महालक्ष्मी विकास बैंकको बार्षिक साधारणसभा रोक्न अन्तरिम आदेश दिएको छ । पाटन उच्च अदालतका न्यायाधिश विपुल न्यौपानेको एकल इजलाशले महालक्ष्मी विकास बैंकलाई भोलि माघ ३ गते आह्वान गरिएको बैंकको २० औं बार्षिक साधारणसभा स्थगित गर्न अन्तरिम आदेश दिएको हो । महालक्ष्मीको मुद्दामा रमन श्रेष्ठ लगायतले बहस गरेका थिए ।

अदालतले अन्तरिम आदेश जारी गर्न पर्ने नपर्ने सम्बन्धमा माघ ३ गते अर्थात सोमबार  नै छलफलका लागि अदालतमा बोलाएको अवस्थामा व्यवस्थापन पक्षले एकतर्फी रुपमा बार्षिक साधारणसभा गर्न खोजेपछि अदालतले रोकेको हो । केहि समयदेखी बैंकमा अध्यक्ष राजेश उपाध्यायको मनपरि चलिरहेको छ । ऊनी सकेसम्म पेलेरै अघि बढ्न खोजेपछि बैंक लथालिङ्ग हुने अबस्थामा पुग्ने डर शेयरहोल्डरहरुमा रहेको छ । अध्यक्षविरुद्धको आवाज बिस्तारै बढिरहेको छ ।

उच्च अदालतको आदेशसँगै महालक्ष्मी विकास बैंकको सोमबार हुन लागेको बार्षिक साधारणसभा स्थगित भएको छ । यसअघि बैंकको पुस २५ गते आह्वान गरेको बार्षिक साधारणसभा कोरम नपुग्दा नपुग्दै पनि बलपूर्वक पास गर्न खोज्दा कुटाकुट भई स्थगित गरिएको थियो । महालक्ष्मी विकास बैंकका अध्यक्ष उपाध्यायले बैंकलाई एकलौटी ढंगले चलाउन खोजेपछि समस्या बढ्दै गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस