मातातीर्थका रिजालको चक्कुले हानेर हत्या ! बस्नेत दाजुभाई पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ ३, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ ३,काठमाडौँ । चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कुले हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।

हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस