फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा सम्पन्न,अध्यक्षमा पुनः भगवती चौधरी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ ३, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ३, सुनसरी । महिला आर्थिक शशक्तिकरणकी अभियान्ता भगवती चौधरी फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुनः चयन भएकी छन् । फरवार्डका पुष ३० गते सम्पन्न ९ औं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको हो ।

वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्दै नयाँ सञ्चालकमा चौधरीसहित ग्रामिण महिला उत्सुकता विकास मञ्चकी राजकुमारी तब्दार, एभरेष्ट बैंकका आशुतोष शर्मा र केशवराज पौडेल चयन भएका थिए भने, सर्वसाधारण शेयरधनी तर्फबाट प्रतिनिधित्व गर्ने बलराम चौधरी र जगतजंग जि.सी.चयन भएका थिए ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकमा किन्जल एण्ड एशोसियट्सलाई नियुक्त गरेको छ । वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३५ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने घोषणा समेत गरेको छ ।
ग्रामिण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड नेपाल० मार्फत सामाजिक, आर्थिक सचेतना फैलाउँदै महिलाहरुलाई उद्यमशील र स्वरोजगार बन्न प्रेरित गर्दै आइरहेकी नेतृ चौधरीकै पहलमा फरवार्ड माइक्रोफाइनान्सको स्थापना भएको थियो ।

२०६९ सालमा नेपाल राष्ट्र बैंकले फरवार्ड नेपाललाई वित्तीय मध्यस्तकर्ताको अनुमति दिएसँगै फरवार्ड माइक्रोफाइनान्सको स्थापना गरिएको थियो । पूर्वराज्यमन्त्री समेत रहेकी नेतृ चौधरीकै अगुवाईमा फरवार्ड माइक्रोफाइनान्सले देशका ४० जिल्लामा १५९ शाखा कार्यालय मार्फत लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थासँग हाल २ लाख ८१ हजार बढी ग्राहक सदस्यहरु रहेका छन् ।

महिलालाई आर्थिक क्षेत्रमा सक्रिय बनाए सामाजिक, सांस्कृतिक र आर्थिक असमानताहरु घटेर जाने, महिला हिंसा र विभेद न्यूनिकरण हुने नेतृ चौधरीको भनाई छ । सोहि अनुसार फरवार्ड माइक्रोफाइनान्सले गाउँगाउँमा लघुवित्त कार्यक्रम सञ्चालन गर्दा महिलालाई सिपमुलक, रोजगारमुलक तथा सचेतना मुलुक तालिमहरु समेत दिएर कर्जा प्रवाह गर्ने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस