माघ ७ पछि यी स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ४, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

माग ४, काठमाडौ । कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढिरहेको अवस्थामा काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयले नयाँ आदेश जारी गर्दै लकडाउनमा थप कडाइ गर्ने बताएको छ ।

जिल्ला प्रशासन कार्यालयको पछिल्लो निर्णयअनुसार अब माघ ७ गतेपछि  सार्वजनिक सेवा लिनका लागि पूर्ण मात्रा खोप लगाएको हुनुपर्नेछ । प्रशासनको निर्णयअनुसार अब यी काम गर्दा खोप लगाएको प्रमाण आवश्यक हुनेछ :-
१.भौतिक उपस्थिति भई गर्नुपर्ने गोष्ठी, सेमिनार, समीक्षा बैठक जस्ता क्रियाकलाप गर्दा ।
२.सार्वजनिक निकायमा सेवा प्राप्त गर्न
३. रङ्गशाला प्रवेश गर्ने
४.होटल र रेस्टुरेन्टमा प्रवेश गर्न

खोप लगाएको प्रमाणपत्रको फोटो मोबाइलमा फोटो खिचेर राखेर देखाए पनि हुने प्रशासनले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस