कोरोना सङ्क्रमणको रफ्तार बढ्यो: नेपालमा आइसियू, भेन्टिलेर र एचडीयू कति छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५,काठमाडौँ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार देशभरमा आठ हजार २०२ आइसोलेसन, ३२४ एचडीयू, दुई हजार ७९७ आइसियू बेड र एक हजार आठ भेन्टिलेटर बेड छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९४ आइसोलेसन, एचडीयू बेड ३२४, आइसियू बेड ४४५ र भेन्टिलेटर २५४ वटा रहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आइसियू, भेन्टिलेर, एचडीयूको सङ्ख्या कुन प्रदेशमा कति ?

प्रदेश १ मा ८१९ आइसोलेसन, ५६८ एचडीयू बेड, ३४२ आइसियू बेड, १४८ भेन्टिलेटर बेडहरु छन् ।

त्यस्तै, प्रदेश २ मा एक हजार ६८० आइसोलेसन, ६९५ एचडीयू बेड, ३९६ आइसियू बेड, १२४ भेन्टिलेटर बेड छन् ।

यता, बागमतीमा तीन हजार २८३ आइसोलेसन, एक हजार १९१ एचडीयू बेड, एक हजार ४ आइसियू बेड, १२४ भेन्टिलेटर बेड छन् ।

त्यस्तै, गण्डकीमा ६५१ आइसोलेसन, ४४४ एचडीयू बेड, २२८ आइसियू बेड, ८२ भेन्टिलेटर बेड छन् भने लुम्बिनीमा ४५२ आइसोलेसन, ६४० एचडीयू बेड, २३९ आइसियू बेड, ५६ भेन्टिलेटर बेड छन् ।

यसैगरी, कर्णालीमा ६०७ आइसोलेसन, ९६ एचडीयू बेड, ९७ आइसियू बेड, ३५ भेन्टिलेटर बेड छन् । सुदूरपश्चिममा ७१० आइसोलेसन, २१३ एचडीयू बेड, ७२ आइसियू बेड, ३१ भेन्टिलेटर बेड छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस