अब पिसिआर परिक्षण गर्दा कति रुपैया लाग्छ ?

माघ ५,काठमाडौँ । सरकारले कोभिड– १९ परीक्षण गर्ने आरटी पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा एक हजार ५ सय रुपियाँमा पीसीआर परीक्षण हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बुधबार साप्ताहिक पत्रकार सम्मेलनमार्फत् यो जानकारी दिएका हुन् ।

यसअघि पीसीआरको शुल्क सरकारीमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो । मन्त्रालयको कोभिड १९ प्रेस बिफिङमा डा.अधिकारीले सरकारी ल्याबमा एक हजार शुल्क समायोजन गरेर ८ र निजी ल्याबमा दुई हजारलाई समायोजन गरेर एक हजार बनाउने बताउनुभयो । यो शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

संम्बन्धित समचार

Leave a Reply