अब हवाई यात्रुको एन्टिजेट परीक्षण नगरिने,दोब्बर माक्स र खोप कार्ड अनिवार्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ५, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ५,काठमाडौँ । आन्तरिक हवाई यात्रामा हवाई यात्रुको एन्टिजेट परीक्षण अनिवार्य नगरिने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको भए पनि यो छोटो दूरीको हवाई यात्रामा अव्यवहारिक हुने भन्दै गृह मन्त्रालयमा बुधबार बसेको बैठकमा यस्तो प्रावधान अनिवार्य नगर्ने मौखिक सहमति भएको हो ।

यसबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले वायुसेवा कम्पनीलाई जानकारी गराएका छन् । सोही अनुसार वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर गरेको छ ।

नयाँ निर्णय अनुसार यात्रुले दोब्बर माक्स लगाएको हुनुपर्ने छ । यस अवस्थामा फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर माक्स खोल्न पाइने छैन । यात्रुसँग खोप कार्ड हुनुपर्ने छ । कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस