बागमती प्रदेशले श्वेतपत्र जारी गर्ने

माघ ७, काठमाडौ । बागमती प्रदेश सरकारले अघिल्ला सरकारको काम कारवाहीलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस अघिका सरकारले ४ वर्षको अवधिभर गरेका सम्पूर्ण काम, नीति तथा कार्यक्रम, बजेट कार्यान्वयनमा भएको प्रगति, चुनौती, कमी–कमजोरी आदि विषयलाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो ।

अघिल्ला सरकारमा भएका गतिविधिको समीक्षाबाट सिकेर थप सुधारका योजना तयार पार्ने र त्यसका लागि आवश्यक कदम चाल्न श्वेतपत्र महत्वपूर्ण साबित हुने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले जानकारी दिए ।

श्वेतपत्र तयार गर्न उच्चस्तरीय समितिसमेत निर्माण गरिएको छ । समितिको संयोजकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल छन् भने सदस्यहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्री खनाल, स्वास्थ्य मन्त्री निमा लामा छन् ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालय विभाजनपछि भएको कर्मचारी अभावलाई समाधान गर्न कर्मचारीको संख्या निर्धारण गरी सांगठनिक संरचना निर्माण गरेको छ । सांगठनिक संरचनामा ३ हजार ७६४ जना कर्मचारी प्रदेश सरकार अन्तर्गत आवश्यक रहेको ठहर गर्दै मन्त्रालयगत रुपमा संख्या निर्धारण गरिएको मन्त्री खनालले बताए ।

 

संम्बन्धित समचार

Leave a Reply