पहिरोका कारण बन्द नारायणगढ–मुग्लिन सडक खण्ड खुल्यो

माघ ७,काठमाडौँ । सुक्खा पहिरोका कारण रातिदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड खुलेको छ ।

डोजरले पहिरो पन्छाएपछि सडक दुवैतर्फ खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख एसपी ओम अधिकारीका अनुसार बिहानदेखि रोकिएका गाडीको लामो लाइन भएका कारण यस सडक खण्डमा केहीबेर चाप रहनेछ ।

सहज रुपमा गाडी गुड्न करिब एक घण्टा लाग्ने उनले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा राति साढे २ बजे खसेको सुक्खा पहिरोका कारण सडक खण्ड दुईतर्फी नै ठप्प भएको थियो ।

संम्बन्धित समचार

Leave a Reply