कोरोना तथ्याङ्क: १४ जिल्लामा ५ सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित

माघ ७,काठमाडौँ । पाँच सयभन्दा बढी कोरोनाको सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी ,झापा, धनुषा, काठमाण्डौ, ललितपुर भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, बाँके रुपन्देही र कैलालीमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा धेरै काठमाण्डौमा २६ हजार ६९८ सक्रिय सङ्क्रमित छन् ।

ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ७ हजार ७८३ जना छन् । पर्सा, बारा, महोतरी सप्तरी, सर्लाही, सिरहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कन्चनपुरमा दुई सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्। देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५७ हजार ३२८ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply