माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षको ६ महिनामै अर्बपति क्लबमा प्रवेश

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ ७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ७,काठमाडौँ । माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षको ६ महिनामै अर्बपति क्लबमा प्रवेश गरेको छ । बैंकले पुस मसान्तसम्म १ अर्ब १ करोड रूपैयाँ खुद मुनाफा गरेको हो जुन गत आवको पुस मसान्तभन्दा २१ करोड रूपैयाँ बढी हो ।

बैंकले सार्वजनिक गरेको चालु आवको पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ६४ करोड ४७ लाख रूपैयाँ छ ।

बैंकको पीई रेसियो १६.८४ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३४.५ रूपैयाँ कायम भएको छ ।
खुद ब्याज आम्दानीमा राम्रो सुधार गर्दा बैंकको नाफा बढेको हो । बैंकले यस्तो आम्दानी २ अर्ब २४ करोड बराबरको गरेको छ । बैंकको कस्ट अफ फन्ड र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड २.८७ प्रतिशतमा खुम्चिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस