एलबी विश्वकर्माको निधन: निजामती कर्मचारी अस्पतालमाथि छानबिन गर्न माग

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ ७, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ७, काठमाडौ । पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताललाई छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।

टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामति कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएका  छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस