सर्वदलीय बैठक नबस्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ८, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाडौँ । आज शनिबार बस्ने भनिएको सर्वदलीय बैठक नबस्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवाले सर्वदलीय बैठक नै नबोलाएको जानकारी गराए ।

शुक्रबार बालुवाटारमा उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिका तहको चुनाव र संसदको अवरोध खुलाउने विषयमा सर्वदलीय छलफल गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको तयारी गरेका थिए ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकका बारेमा आफूहरुलाई जानकारी प्राप्त नभएको र बैठकमा सहभागी पनि नहुने जनाएको थियो ।
एमालेले गत पुस ४ गते बसेको सर्वदलीय बैठकमा पनि सहभागी भएन ।

ताजा अपडेट

खोजी गर्नुहोस