आइतबार देशभरका न्यायालय बन्द हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ ८, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ८, काठमाडौ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा देशभरका न्यायालयहरू आइतबार बन्द हुने भएका छन् । पूर्वप्रधानन्यायाधीश शर्माको गत बुधबार दिउँसो निधन भएको थियो ।

मुलुकबाहिर रहेका परिवारका सदस्यहरू आएपछि उनको शनिबार अन्त्येष्टि गरिएको हो । शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस