कानुनविद्को एउटै मत: पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ ९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाडौ । कानूनविद्हरुले पालिकाको चुनाव निर्धारित मितिमा नै हुनुपर्ने बताएका छन् । शनिवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै कानूनविद्हरुले सरकारले पालिकाको चुनाव संविधानले तोकेको समयसीमामा नै हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र महतोले स्थानीय पालिका चुनाव ऐन प्रदेशसभाको नक्कल भएकोले त्रुटिपूर्ण रहेको बताए। उनले पालिकामा चरणको कुनै कुरा नै नभएकोले यो पालिकामा ल्याउनु भनेको प्रदेशसभा चुनाव ऐन कपी पेस्ट गर्नुको परिणाम भएको बताए । वरिष्ठ अधिवक्ता महतोले एकै पटक चुनाव गर्ने नाउँमा सात वटा प्रदेशसभालाई विघटन गर्ने अधिकार संघ सरकारसँग नरहेको पनि प्रष्ट पार्नुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस