मुक्तिनाथ विकास बैंकले ६० करोड २४ लाख नाफा कमायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ ९, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ ९, काठमाडौ । विकास बैंकहरू मध्येको शीर्ष स्थानमा रहन सफल मुक्तिनाथ विकास बैंकले नाफा ६० करोड २४ लाख कमाएको छ ।

बैंकले जारी गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय रिपोर्ट अनुसार सो अवधिमा बैंकले कुल ६० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । रिपोर्ट अनुसार यस अवधिमा बैंकको वितरणयोग्य नाफा ५७.७२ प्रतिशतले घटेर २२ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ३१.८७ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ०.५४ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ २९ पैसा घटेर २१ रुपैयाँ ३ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ४५ पैसा छ ।

यता कर्जा असुलीमा निकै राम्रो गरेको बैंकले खराब कर्जा २.०४ प्रतिशतले घटाएर ०.२६ प्रतिशतमा झरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस