सदर चिडियाखाना बन्द

माघ १०,काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सदर चिडियाखाना बन्द गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको निर्देशनअनुसार तत्काललाई एक हप्ताको लागि चिडियाखाना बन्द गरिएको चिडियाखानाकी प्रमुख रचना शाहले जानकारी दिइन् । एक हप्तापछिको अवस्था हेरेर फेरि निर्णय हुने उनले बताइन् ।

अघिल्लो हप्ता मात्र चिडियाखानामा एक पटकमा पाँच सय मात्र प्रवेश गर्न पाउने नियम बनाइएको थियो । तर सङ्क्रमण बढ्दै गएपछि चिडियाखाना बन्द गरिएको हो ।

संम्बन्धित समचार

Leave a Reply