आहा रारा गोल्डकप: आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै

माघ १०,काठमाडौँ । आहा रारा गोल्डकप फुटबलमा आज सङ्कटा क्लब र मच्छिन्द्र फुटबल क्लब खेल्दै छन्।

खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । यो खेलको विजेताले सेमिफाइनलमा एपीएफ क्लबसँग खेल्नेछ ।

यसअघि हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको छ ।

सहारा क्लब पोखराको आयोजनामा भइरहेको प्रतियोगितामा कुल १० टिम सहभागी छन् ।

संम्बन्धित समचार

Leave a Reply