शेयर बजारमा लगातार पहिरो

माघ ११, काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । साताको तेस्रो दिन आज बजार ५.९२ अंकले घटेर नेप्से परिसूचक २८१४.७४ अंकमा झरेको छ । आज २२९ कम्पनीका ९७ लाख ८४ हजार ६ सय ५१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६ सय २७.०२ रुपियाँ बराबरको कारोबार भएको हो ।

आज वीन नेपाल लघुवित्त र बुद्धभूमि हाइड्रोपावरमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल र बुद्धभूमिको शेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी पोखरा फाइनान्स, कालिका लघुवित्त र सामलिङ पावरको शेयर मूल्य ८.२५, ४.५२ र ४.०३ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज कृषि विकास बैंक डिबेञ्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी ८.३४ प्रतिशतले घाटा व्यहोरेका छन् । नेप्सेका अनुसार आज एशियन लाइफको उच्च कारोबार भएको छ । एशियनको २६ करोड ९४ लाख ५१ हजार ४ सय १७.७० रुपियाँ बराबरको कारोबार भएको हो । त्यस्तै टप फाइभ कारोबार हुनेमा अपि पावर, एनआइसी एशिया बैंक, नेपाल लाइफ र नेशनल पावर छन् ।

संम्बन्धित समचार

Leave a Reply