१६ अस्पतालमा ८८ हजार ट्याब्लेट सिटामोल वितरण

Post Thumbnail

माघ १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका अस्पतालहरुलाई ८८ हजार ट्याब्लेट सिटामोल वितरण गरेको छ । १६ अस्पतालमा पाँच सय एमजीका पारा सिटामोलका ट्याब्लेट वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालसहित पाटन अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र विर अस्पताललाई १०/१० हजारका दरले सिटामोल वितरण गरेको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टर र सशस्त्र प्रहरी बल अस्पताल बलम्बुलाई ६/६ हजार सिटामोल वितरण गरिएको छ ।

त्यस्तै निजामती अस्पताल नयाँबानेश्वर, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र सैनिक अस्पताल छाउनी, भक्तपुर अस्पताल र प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीलाई ५/५ हजार सिटामोल वितरण गरिएको छ । त्यस्तै गंगालाल हृदयरोग केन्द्रलाई २ हजार, भक्तपुर क्यान्सर अस्पताललाई २ हजार, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरलाई २ हजार,आयुर्वेद अस्पताल नरदेवीलाई २ हजार र राष्ट्रिय आयुर्वेद तालिम तथा रिचर्स केन्द्र कीिर्तपुरलाई ३ हजार सिटामोल वितरण गरिएको छ ।

महामारीको समयमा बजारमा सिटामोलको अभाव भएको थियो । मंगलबार सर्वोच्च अदालतले पनि अत्यावश्यक औषधिमा पर्ने सिटामोललगायतका औषधि सहज उपलब्ध गराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस