यातायातमा बिचौलियाको प्रवेश रोक्न श्रममन्त्रीको निर्देशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १३, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १३, काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन् । बिहीबार यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यातायातका काममा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् ।

मन्त्री दाहालले यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्नका लागि सुधारका कामहरु अघि बढाउनुपर्ने भएकोले मन्त्रालयले अब यातायात क्षेत्रको सुधारका लागि व्यावहारिक काममा मात्रै नभई कानुनि कामलाई पनि अघि बढाएर लैजाने बताए । उनले यातायात कार्यालयमा अझै पनि केही स्थानमा दक्ष जनशक्तिको अभाव भएकोले मन्त्रालयले त्यसलाई परिपूर्ति गरी अगाडि बढ्ने आश्वासन दिए ।

मन्त्री दाहालले यातायात कार्यालयमा रहेको विभिन्न समयदेखिका ठूला ढड्डाहरुलाई अनलाइनमा राख्नको लागि समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए । उनले भने, ‘सेवालाई कसरी चुस्त दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ । अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ । त्यसलाई पनि हल गर्नुपर्ने छ ।’

अनुगमनका क्रममा मन्त्री दाहालले अहिले पनि कतिपय अवस्थामा दक्ष जनशक्ति कर्मचारीहरुको अभाव रहेको र त्यसलाई विस्तारै हल गर्दै लगिने बताए । अहिलेको अवस्था पनि काम गर्ने शैली पुरानै हुँदा र ढड्डा राख्ने पुरानै तरिका अपनाउँदा थप समस्या भएको उनको भनाइ छ ।

त्यस्तै, मन्त्री दाहालले अर्को मुख्‍य समस्याका रूपमा लाइसेन्स लिने कामलाई औल्याएका छन् । लाइसेन लिने बेला त्यो लाइसेनको चेकजाँच गर्ने समिति हुन्छ, त्यसले अन्तिममा सही गर्ने बेलामा कतै न कतै त्रुटि गरेर अनावश्‍यक दुस्ख दिने गरेको उनको भनाइ छ ।

‘त्यो के कारणले भयो ठ्याक्कै हामी अहिले नै भन्न त सक्दैनौँ । त्यो कारणले गर्दा अहिले सेवाग्राहीहरु पनि समस्या भोगिरहेका छन् । एकातिर हेर्दा उहाँहरुसँग स्मार्ट लाइसेन छ । यहाँ आएर हेर्दा अहिले पनि फेल भएको हो कि भनेजस्तो छ,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस