माघ १४, काठमाडौँ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्ने भएको छ । बैठकले उपत्यकामा जारी जोरबिजोर प्रणाली र कोरोना संक्रमणको समीक्षा गरी आवश्यक निर्णय लिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।
अधिकारी रिजालका अनुसार बैठक दिउँसो ३–४ बजे बस्नेछ । अहिले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० सँग छलफल भइरहेको उनले बताए । बैठकपछि आजै नयाँ आदेश जारी गरिने पनि जानकारी दिए ।
कोरोना सङ्क्रमण बढेपछि काठमाण्डौ उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर–बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर–बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटे पनि चलेका गाडीमा भिडभाड बढेको छ ।
सरकारको निर्णय अव्यावहारिक भएको भन्दै यात्रु र यातायात व्यवसायीले आलोचना गर्दै आएका छन् । यस विषयमा पनि आजको बैठकले थप निर्णय गर्ने सम्भावना छ ।