आज नेपाल- मरिससबीच मैत्रीपुर्ण खेल

माघ १५, काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा सुरु हुनेछ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । त्यस्तै मरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ ।

संम्बन्धित समचार

Leave a Reply