सत्ता गठबन्धनको बैठक सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ माघ १५, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १५, काठमाडौ । स्थानीय तहको निर्वाचनबारे निर्णय गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ। निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटकपटक राय दिँदा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा घोषणा हुन सकेको थिएन ।

वैशाख वा जेठमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने गरी शीर्ष नेताहरूमा सहमति जुटिसकेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस