यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु, १३ जना घाइते

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ १६, आईतबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ १६, काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।

सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो ।

मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस