सुनको मुल्य लगातार ओरालो लाग्दै, आज सुनचाँदीको भाउ कति छ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ १६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६,काठमाडौँ । आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुनको मूल्य बुधबारयता तोलामा दुई हजार दुई सय रुपैयाँले घटिसकेको छ । गत बुधबार छापावाल सुनको प्रतितोला खरिद बिक्री मूल्य ९४ हजार ४ सय रुपैयाँ थियो ।

आजका लागि छापावाल सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ छ । शुक्रबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा छापावाल र ९२ हजार एक सय रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला १२ सय ६५ रुपैयाँमा खरिद बिक्री भएको चाँदीको मूल्य आज १२ सय ५० रुपैयाँ कायम भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस