राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १६, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १६,काठमाडौँ । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले विज्ञप्ति जारी गर्दै विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरेका छन् ।

यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस