दुर्गेश थापाको नयाँ गीत पनि विवादित; गीतको प्रसारण तत्काल बन्द गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७८ माघ १७, सोमबार (३ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

माघ १७, काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाको नयाँ गीत पनि विवादित बनेको छ । दुर्गेशले आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा गत शुक्रबार सार्वजनिक गरेको ‘पैसा’ बोलको गीत विवादित बनेको हो ।

आपत्तिजनक शब्द र प्रस्तुतिका कारण गीत विवादित बनेको हो । र्‍याप शैलीको यस गीतमा दुर्गेशले ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेका छन् । पैसाले देश ध्वस्त बनाएको भन्दै हरेक कुरा गर्न पैसा चाहिने आशय गीतमा व्यक्त गरिएको छ ।

वैज्ञानिक समाजवादी महिला संगठन केन्द्रीय कमिटीले गीतको प्रसारण तत्काल बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई आग्रह गरेको छ ।

संगठनले प्रेस विज्ञप्ति जारी गर्दै गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको प्रयोग भएको र महिलाको शरीरलाई पैसासँग जोडेर प्रस्तुत गरेको भन्दै गीतको प्रसारण बन्द गर्न आग्रह गरेको हो । ‘गीतमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरुको अत्याधिक प्रयोग भएको छ । त्यसैगरी महिलाको अर्धनग्न शरीरलाई पैसासँग जोडेर अश्लील तरिकाले प्रदर्शन गरेर महिलालाई वस्तुकरण गरिएको छ’ संगठनको केन्द्रीय कमिटी संयोजक धनकुमारी सुनारद्वारा जारी विज्ञप्तिमा भनिएको छ । आग्रहलाई बेवास्ता गरे यस प्रकारका गीत र कलाकारहरु विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत संगठनले दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस