मरिससविरुद्ध भिड्दै नेपाल

माघ १८, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार अफ्रिकी राष्ट्र मरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र मरिससबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

घरेलु टोली नेपाल मरिससविरुद्ध लगातार दोस्रो जितको खोजीमा छ । शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १-० गोल अन्तरले हराएको थियो । नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए ।

यता, मरिसस पनि दोस्रो खेलमा जित निकाल्न चाहन्छ । नेपाललाई हराएर मरिसस पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

मरिससविरुद्धको दोस्रो खेलका लागि नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले दुई खेलाडी परिवर्तन गर्दै टिम घोषणा गरेका हुन् ।

प्रशिक्षक अब्दुल्लाहले यस अघि घोषणा गरेको टिमबाट डिफेन्डर अनन्त तामाङ र प्रशान्त अवस्थी बाहिरिएका छन् । किरण चेम्जोङको कप्तानीमा घोषणा गरिएको टिममा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply