सहमतिपछि कलंकी-कालीमाटी सडक खुल्यो

कात्तिक २९, काठमाडौं । स्थानीयबासिन्दाको अवरोधका कारण कलंकी—कालीमाटी—त्रिपुरेश्वर सडकखन्ड अहिले सवारीसाधन चल्न सकेका छैनन् । सडकखन्डमा मेलम्चीको पानीको पाइप राखिसक्दा पनि सडक मर्मत गरिएको छैन । सडकबाट निस्केको अत्याधिक धुलोधुवाँका कारण जनजिवन प्रभावित भएपनि आफुहरुले सडक नै बन्द गर्नुपरेको स्थानीयले बताएका छन् ।


आन्दोलनरत पक्षले धुलोधुवाँको नियन्त्रणको माग राख्दै अनिश्चितकालिन सडक बन्द गराउने पनि घोषणा गरेका छन् ।
स्थानीय बासी दिनेश अधिकारीका अनुसार, छिटोभन्दा छिटो सडक मर्मत गर्न र धुलो नियन्त्रण गर्न पटकपटक सहमति भएका छन् । उनले भने, अब भने हामी धुलो नियन्त्रण नभएसम्म सडक खुल्न दिँदैनौं ।


आन्दोलित स्थानीयले तत्काल सडक पीच गर्नुपर्ने, धुलो नियन्त्रण गर्नुपर्ने, बीच बाटोमा अनावश्यकरुपमा राखिएका डिभाइडर हटाईनुपर्ने लगायतका माग गरेका छन् ।


विहान ९ बजेदेखि अबरुद्ध बनेको उक्त सडकखन्ड अझैसम्म खुल्न नसकेका कारण उपत्यकाका मुख्य चोक थापाथली तथा टेकु लगायतका अन्य स्थानमा अत्याधिक जाम रहेको छ । सरोकारवाला र स्थानीयबिच अहिले सडक खुलाउने र छिटै सडक मर्मत गर्न सहमति भएको छ । ट्राफिक प्रहरीका अनुसार अहिले निर्बाध रुपमा उक्त सडकखन्डमा सवारी सञ्चालन भैरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply