इमर्जिङ नेपाल लिमिटेडको आइपीओ०माघ २६ गतेदेखि आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ १८, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ) माघ २६ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले प्रति शेयर एक सय अंकित दरका पाँच लाख ५५ हजार ६ सय कित्ता आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीको कुल जारी शेयरमध्ये २ प्रतिशत अर्थात् ११ हजार १ सय २२ कित्ता साधारण शेयर कर्मचारी र पाँच प्रतिशत अर्थात् २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आइपीओमा छिटोमा फागुन १ गते र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले कम्पनीलाई इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस