अझै खुलेन पूर्वकर्मचारीले नेपाल रेल–वेको कार्यालयमा लगाएको ताला

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ १८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८, काठमाडौँ । जनकपुरधामस्थित नेपाल रेल–वे कम्पनीको कार्यालयमा पूर्वकर्मचारीले लगाएको ताला अझै खुल्न सकेको छैन । रेल–वे कम्पनीले पुराना कर्मचारीलाई विना कारण निकालेको भन्दै रेल–वेका पुरानो कर्मचारी सङ्घर्ष समितिले बिहीबारदेखि जनकपुरधामस्थित रेल–वे स्टेसनमा रहेको नेपाल रेल–वे कम्पनीको कार्यालयमा दोस्रो चरणको आन्दोलनसहित तालाबन्दी गरेका हुन् ।

नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले पुराना कर्मचारीलाई बिनाकारण निकालेर नयाँ कर्मचारी नियुक्त गरी तालिम सञ्चालन गर्दै आएकाले सो तालिम सञ्चालन रोक्न र पुराना कर्मचारीलाई पुनर्बहालीको माग राख्दै दुई सातादेखि धर्ना, प्रदर्शन गर्दै आए पनि सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरेको समितिले जनाएको छ ।

सङ्घर्ष समितिले मुख्यमन्त्री कार्यालय, मधेसको भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्रसमेत बुझाएको छ ।

कम्पनीका महाप्रबन्धक झाले रेल सञ्चालनका लागि पुस २७ मा ५५ जना नयाँ कर्मचारीलाई दैनिक ज्यालादारीमा नियुक्त गरेपछि यसअघि रेलसम्बन्धी तालिम लिएका कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस