मोरङमा बर्डफ्लु देखियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८, काठमाडौँ । नेपालमा फेरि बर्डफ्लुको संक्रमण देखिएको छ । मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुरामा बर्डफ्लु रोग ‘एच फाइभ एन वान’ भाइरस पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागका प्रवक्ता डाक्टर चन्द्र ढकालले उक्त क्षेत्रमा बर्डफ्लु देखिएको र गत शुक्रबार र शनिबार १६ सय ५० लेयर्स कुखुरा, ५० परेवा, ४२ सय अण्डा ११५० केजी दाना र ४ हजार अण्डा सुरक्षित तरिकाले नष्ट गरिएको जनाएका छन् ।

थप संक्रमण बढ्न नदिन सो आसपासका फार्मको नमुना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा ल्याइएको पनि उनले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस