जसपाभित्र विवाद समाधानका लागि बैठक बोलाउन दबाब !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ १८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८,काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि बैठक बोलाउन दबाब बढेको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव र सोही पार्टीका संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईबीच विवाद रहेकै बेला बैठक बोलाउन दबाब बढेको हो ।

कार्यकारिणी सदस्य इस्तियाक राईले बैठक बोलाउन ढिलाइ भएपनि के कारणले बस्न नसकेको हो थाहा पाउन नसकेको प्रतिक्रिया दिए । उनले भने, ‘कार्यकारिणी समिति बैठक बसेको चार पाँच महिना भइसक्यो, अर्को बैठक बसिहाल्नुपर्ने थियो, ढिलो भइरहेको छ, केन्द्रीय समितिको बैठक बोलाउने बेला पनि भइसकेको छ ।’ बैठक नबसेको कारण पार्टीका थुप्रै कामहरू ठप्प रहेको बताउँदै उनले नेतृत्वले चाँडै नै बैठक राख्ने विश्वास व्यक्त गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस