घलेम्दी हाइड्रोको नाफामा आकर्षक वृद्धि

माघ १८,काठमाडौँ । घलेम्दी हाइड्रो लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा आफ्नो नाफामा आकर्षक वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ९६ लाख ७२ हजार रुपैयाँ ऋणात्मक रहेको कम्पनीले यस वर्ष २० लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।

समीक्षा अवधिमा कम्पनीले इन्स्योरेन्स बापतको १ करोड ५० लाख रुपैयाँ प्राप्त गरेपछि कम्पनी मुनाफामा आकर्षक वृद्धि देखिएको हो । यसैगरी, दोस्रो त्रैमासमा कम्पनीले बिजुली बिक्री मार्फत १ करोड ६४ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले बिजुली बिक्रीबाट १ करोड ८८ लाख ७४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

नाफा वृद्धिपछि कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ र जगेडा कोषमा १५ करोड ४४ हजार रुपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी ३७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १०० रुपैयाँ २८ पैसा पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply