आइपिएल अक्सनमा छानिए सन्दीप लामिछाने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ माघ १८, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ १८, काठमाडौ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा नेपालबाट राष्ट्रिय टिमका कप्तानसमेत रहेका सन्दीप लामिछानेको मात्र अक्सन हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसीसीआई)ले मंगलबार सार्वजनिक गरेको अक्सनमा परेका खेलाडीको सूचीमा नेपालबाट लामिछाने मात्र परेका हुन् ।

नेपालबाट अक्सनका लागि लामिछानेसहित करण केसी, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामीलगायत १५ खेलाडीले नाम दर्ता गराएका थिए । अक्सनबाट लामिछानेलाई कुनै टिमले भित्र्याउन चाहे ४० लाख भारतीय रुपैयाँमा लिन सक्नेछन् । सन्दीपले यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस