बलेफी हाइड्रोको आईपीओ माघ २७ मा आउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २०, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ ९साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस०का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल गाउँपालिकाको वडा नम्बर ७ र ५, बलेफी गाउँपालिकाको वडा नम्बर १,३,६ र ७ तथा सुनकोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयलाई ७ लाख ३१ हजार १ सय ८८ कित्ता शेयर निष्काशन हुने छ ।

यस आईपिओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । आईपिओमा छिटोमा फागुन १२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ । आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ। स्थानीयलाई निष्काशन गरिने शेयर पूर्ण रुपमा बिक्रि नभएमा बिक्रि नभएको शेयर पनि सर्वसाधारणलाई बिक्रि गरिने छ ।

कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा।वि।स।हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस