स्थानीय चुनावको मिति तोक्न मन्त्रिपरिषद बैठक बस्दै

माघ २०, काठमाडौँ । मन्त्रिपरिषदको बैठक बस्दै छ । हरेक सोमबार र बिहीबार नियमित मन्त्रिपरिषदको बैठक बस्ने भएपनि अहिलेसम्म कति बजे बस्ने भन्नेबारे टुंगो लागेको छैन ।

आज बस्ने बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने बताइएको छ । गत मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले जेठ चार गते स्थानीय तह निर्वाचनको मिति प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री देउवाले आगामी मन्त्रिपरिषदको बैठकले आयोगले तोकेको मितिबारे टुंगो लगाउने आश्वासन दिएपछि आयोग निर्वाचनको तयारीमा जुटेको छ ।

यस्तै हिजो मात्रै गृहमन्त्री बालकृष्ण खाडले सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग उनकै निवासमा पुगेर निर्वाचनका बारेमा परामर्श गरेका थिए । त्यस्तै मन्त्री खाडले हिजो अपरान्ह चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा स्थानीय तह निर्वाचनका लागि सुरक्षा खाका प्रस्तुत गर्न निर्देशन दिइसकेका छन् ।

संम्बन्धित समचार

Leave a Reply