एसएस फुटवेयरमा भीषण आगलागी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २०, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २०, झापा । झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ । बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन् । उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो ।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयवासी लागि परेका छन् । सो उद्योगभित्र ठूलो मात्रामा तेलका ट्याङ्कर रहेको र अहिले तेलका ट्याङ्करहरू बाहिर निकाल्ने कार्य भइरहेको छ ।

स्थानीय उद्योगी श्याम खेताङले सञ्चालन गरेको सो उद्योगमा लागेको आगलागीको कारण नखुलेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस