शेयर बजारमा पहिरो, कारोबार भने बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ माघ २०, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २०, काठमाडौं । आज शेयर बजार घटेको छ । साताको चार दिन खुलेको शेयर बजार आज १४.५८ अंकले घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.५० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २८७६.७५ अंकमा झरेको छ ।

आज नेप्से ओरालो झरे पनि कारोबार रकम भने बढेको छ । आज २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७ सय १३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १ सय ६२ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज जलविद्यूत समूह ६.७३ अंक र निर्जीवन बीमा समूह १२.१७ अंकले बढेको छ । बाँकी समूह भने राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी १७३.७४ अंकले बढेको हो ।

आज दुई वटा कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोको शेयर मूल्य क्रमशः १० र ९.७३ प्रतिशतले बढेको हो । आज आरएमडीसी लघुवित्तका शेयरधनीले सबैभन्दा बढी ३.४९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस