स्थगित लोकसेवाको परीक्षा फागुन ६ गतेदेखि हुने (परीक्षा तालिकासहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २०, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

माघ २०, काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण स्थगित भएको लोक सेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोक सेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा त्यस सरह (अप्राविधिक र प्राविधि) तर्फ शाखा अधिकृत वा त्यस सरह प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौँ, आठौँ र नबौँ तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवम् आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

२०७८_फागुनदेखिको_परीक्षा_कार्यक्रम

ताजा अपडेट

खोजी गर्नुहोस