एइसीको सय किसान अभियान फैलिदै :  खैरहनीका घिमिरेलाई ५ लाखको सहुलियत कर्जा प्रदान

Post Thumbnail

माघ २०, चितवन । उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्रद्वारा संचालित १०० किसान अभियान अन्तर्गत किसान सहुलियत कर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कृषि उद्यम केन्द्रले खैरहनी नगरपालिका वडा नम्बर -४ का किसान उद्यमी लक्ष्मण घिमिरेलाई नयाँ कृषि सहकारी सस्था लि.संगको सहकार्यमा  ५ लाख रुपैयाँ सहुलियत कर्जा व्यवस्थापन गरेको हो । घिमिरेलाई बिहीबार बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्री बसुन्धारा हुमागाईले सो रकम हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मन्त्री हुमागाईले आफू मन्त्रालयमा आएको ४९ दिन भएको बताउदै बागमती प्रदेशमा ५१ बुदे कृषि मार्गचित्र बनाएको बताए । उनले ४ वटा उपबुदा बनाएको बताए । मन्त्री हुमागाइले मन्त्रालयले कानुन बनाउन लागी परेको र १० वटा कार्यबिधी बनाएको बताए ।

हुमागाईले १ खर्बमा मल उद्योग स्थापना गर्न सकिने र संघीय सरकारले साथ दिए बागमती सरकारले काम सुरु गर्न कुनै समस्या नरहेको बताए । मलको अव्यवहारिक कोटा प्रणालीले समस्या भएको भन्दै कोटा प्रणाली खारेज गर्नुपर्ने उनको भनाइ थियो । प्रदेश सरकारले किसानहरुको वर्गीकरण गर्ने काम सुरु गरेको बताए ।

कार्यक्रममा केन्द्रका सभापति अरुणराज सुमार्गीले १९९० मा थाइल्यान्डबाट एक गाउँ, एक उत्पादन र एक जिल्ला, एक उत्पादन अभियान उद्योग वाणिज्य महासंघले ल्याएको बताउदै   सय किसान अभियान स्वर्गीय रुपचन्द्र बिष्टको सोच अनुसार  यो अभियान आएको बताए ।

सुमार्गीले यो अभियानमा पैसा नबाड्ने र पैसा सिधै किसानकहाँ पुर्याउने बताए । उनले केन्द्रले किसानको फिल्डमै पुगेर योजना बनाउने र त्यही अनुसार केहि प्रतिशत रकम सहुलियत उपलब्ध गराउने बताए । सय किसान भनेको एकीकृत कृषि अभियान भएको बताउदै सुमार्गीले सरकारले सय किसान अभियानलाई बिश्वास गरिरहेको बताए ।

उनले अहिले बागमती,प्रदेश-१,लुम्बिनी प्रदेशहरुमा काम अघि बढिरहेको बताए । उनले किसानको लागी अब प्रबिधि आवश्यक रहेको बताउदै किसानलाई प्रबिधिमैत्री बनाउन जरुरी रहेको बताए । सुमार्गीले सय किसान अभियानले किसानलाई व्यवसायिक बनाउदै सिधै किसानमा पुग्ने र उनीहरुको उत्पादनलाई समेत व्यवस्थापन गर्ने बताए ।

बिना धितोको सो कृषि कर्जा पाउने पहिलो व्यक्ति घिमिरे रहेको र कृषि उद्यम केन्द्रसंग मिलेर देशभर कार्य गर्ने  सहकारीका कोषाध्यक्ष जनक  गौतमको भनाई थियो । कार्यक्रममा उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष  गुणराज श्रेष्ठले कृषि उद्यम केन्द्रले वास्तविक किसान चिनेको र सय किसान अभियानले सार्थकता पाउदै गएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस