मौसमः देशैभर वर्षा र हिमपात

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २१, शुक्रबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ २१, काठमाडौँ । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पुर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (शुक्रबार) देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चटयाङसहित असिना पानीको सम्भावना रहेको छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा तथा असिना पर्नसक्ने सम्भावना रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदलीसँगै वर्षा हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने हुँदा चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस