‘खुल्दुली’ हांस्य सिरियल : सबैलाई खुल्दुली पार्दै यो जोडी !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ कार्तिक २९, बिहिबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

 

कार्तिक २९,काठमाडौँ । नेपाली टेलिभिजन च्यानलहरुमा पुराना हाँस्य सिरियलहरु वन्द हुंदै गईरहेको बेला नयाँ कथा र पात्रहरुका साथ नयाँ सिरियल पनि आउन थालेका छन् । यस अघि विभिन्न हांस्य सिरियलका साथै स्टेजहरुमा देखिएका अनुभवि टोली र नयाँ अनुहारलाई समेटेर अहिले ‘खुल्दुली’ हांस्य सिरियल प्रशारणमा आउन थालेको छ ।

सामाजिक विसंगति,विकृति,समाज भित्रका विभिन्न पक्षलाई हास्यव्यंग्य क्षेत्रबाट उजागर गर्दै मनोरन्जनको माध्यमबाट समाजलाई सन्देश प्रवाह गर्नको लागि नयाँ ‘खुल्दुली’ हाँस्य सिरियलको आगमन भएको निर्माता पक्षले जनाएको छ । रामसार मिडिया प्रा.लि.ले निर्माण गरेको यस सिरियलको निर्देशकमा भद्र भुजेल ,लेखन तथा मुख्य सहायक निर्देशकमा अजय रेग्मी र सुदिप बाबु खतिवडा र रहेका छन । कार्यक्रम एपिवान (एचडि) बाट हरेक सोमबार साँझ ८.३० वजे देखि ९ वजेसम्म आउने गरेको छ । विभिन्न हास्य सिरियल तथा स्टेजहरुमा एस जोडि बनेर प्रस्तुती दिंदै आएका सुदिप खतिवडा धादिङ आदमटारका र अजय रेग्मी गोर्खा घ्यालचोकका वासिन्दा हुन ।

यस अघि मेरी बास्सै, जिरे खुर्सानी, खासुखस लगायत सिरियलमा मुख्य तथा सहायक भुमिका निर्वाह गरिसकेका कलाकारहरु सुदिपबाबु खतिवडा, अजय रेग्मी (एस जोडी) का साथै अन्य नयाँ कलाकारहरु मिलेर ‘खुल्दुली’ सिरियल निर्माण गरिरहेका छन् । उक्त कार्यक्रममा हास्य पात्रमा सुदिप खतिवडा, अजय रेग्मी,अरुणा कार्की राधा श्रेष्ठ, घनश्याम जोशी, सुमन कार्की, नबिना श्रेष्ठ,सुसन खतिवडा, रामबाबु रेग्मी, सारिका चौलागाई, आइ.पि.आचार्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । हास्य पात्रमा बनेको सिरियल दर्शकले मन पराईदिने निर्देशक भद्र भुजेल बताउँछन ।

सिरियलको सह निर्देशन, लेखन यस जोडी रहेको छ भने छायांकन देवेन्द्र गिरी (हुरहुर),सम्पादन केदार राईले गरेका छन् । यसै गरी स्व्र संङगितमा मनिराज काफ्ले र पाशर््व सङ्गीतमा यमन श्रेष्ठको भुमिका रहेको छ । गितको एरेन्ज भने श्रीराम रायमाझीले गरेका हुन् । कार्यक्रममा अरुणा कार्की (काकी),राधा श्रेष्ठ (ज्ञानदेवी),घनु जोशी (घनु),अजय रेग्मी (पिनासे),सुदिप बाबु खतिवडा (साईन्ठिस),नबिना श्रेष्ठ (पुतली नानी),रामबाबु रेग्मी, दिपकराज जोशी मुख्य भुमिकामा रहेका छन ।

दर्शकको अटुट माया पाईरहे यस क्षेत्रमा रहेर आफ्नो क्षमतालाई अझै निखारदै र तिखारदै भविष्यमा अझै आफ्नो अभिनय र कलाकारितालाई शसक्त बनाउदै अगाडि बढ््ने सुन्दर सपना सजाएको एस जोडीले वताएको छ ।

एस जोडि ५ बर्ष अघि देखि यस क्षेत्रमा जम्दै आईरहेको छ । अजय र सुदिपले देश भित्रका विभिन्न स्थानमा पुगेर अहिले सम्म २ सय ५० भन्दा बढी स्टेजहरुमा आफ्नो प्रस्तुति देखाईसकेको छ । स्नातक तहको पढाईको क्रममा यो जोडिको पहिलो भेट भएको थियो क्याम्पस पढ्दै गर्दा धुर्मुस अर्थात सिताराम कट्टेल मार्फत अजय रेग्मी मेरी बास्सैमा र जितु नेपाल मुन्द्रे मार्फत सुदिप खतिवडा जिरे खुर्सानीमा अभिनय गर्न पुगेका थिए । जिरे खुर्सानी र मेरी बास्सैको अभिनय पछि यो जोडी खासखुस सिरियलमा एक साथ शशक्त भुमिकामा देखा परेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस