मौसमः आज दिउँसोदखि सुधार हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशका प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ । राति भने प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसोबाट मौसममा केही सुधार हुनेछ । आज मध्याह्नपछि मौसममा केही सुधार आई बर्षा रोकिने तथा बादल भने लाग्ने सम्भावना रहेको उनले बताइन् । आइतबार भने देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस