फागुन १ देखि विद्यालय खोल्न सुझाव

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ २२, काठमाडौ । कोभिड-१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द विद्यालय पुनः सञ्चालनका लागि गृहकार्य सुरु भएको छ । विद्यालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शिक्षा क्षेत्रका अधिकारी र सरोकारवालासँग छलफल गरेको छ । छलफलबाट प्राप्त सुझावका आधारमा आगामी आइतबार राज्यमन्त्री उमेश श्रेष्ठको उपस्थितिमा सीसीएमसीको बैठक गरेर थप सिफारिश गरिने भएको छ ।

सीसीएमसीका प्रमुख तथा प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको उपस्थितिमा भएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा, गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिव वंशीलाल लामा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अध्यक्ष टीकाराम पुरी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन ९नेशनल प्याब्सन०का अध्यक्ष ऋतुराज सापकोटा, अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारी, नेपाल शिक्षक महासङ्घका अध्यक्षा कमला तुलाधर लगायतको सहभागिता थियो ।

नेशनल प्याब्सनका अध्यक्ष सापकोटाका अनुसार आधारमा आगामी फागुन १ गतेदेखि विद्यालय खोल्ने विषयमा सीसीएमसी र सरकारले ठोस निर्णय लिनुपर्ने सुझाव दिइएको छ । यही माघ २५ गतेसम्म कोरोनाविरुद्धको खोप लगाउन योग्य र छुटेका बालबालिकालाई खोप उपलब्ध गराउन पनि बैठकले निचोड निकालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस