मोरङ र ललितपुर हत्याकाण्डः थप दुई आरोपी पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ माघ २२, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

माघ २२, एजेन्सी । तीन व्यावसायिक साझेदारको हत्या आरोपमा थप दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले शनिबार थप २ जनालाई सार्वजनिक गरेको हो ।

क्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका ६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।

यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।

मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा हत्या भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस